Comments Add Comment

प्रेरणादायी कथा : सफलताको तीन सूत्र

एउटा गाउँ थियो, जहाँ कहिल्यै पानी पर्दैनथ्यो । त्यहाँका मान्छेहरु एकदमै दुःखी र चिन्तित थिए । अन्नबालीका लागि कहाँबाट पानी ल्याउने ? यही कुराले उनीहरुलाई सधै तनावग्रस्त बनाइरहन्थ्यो । पानी ल्याउनका लागि स्थानिय वासिन्दा अनेक प्रयास गर्थे तर त्यो कहिल्यै सफल हुँदैनथ्यो ।

बेलाबखत थोरै पानी पथ्र्यो र त्यो पनि छोटो अवधिका लागि । मान्छेहरुले वर्षाका लागि भगवानसँग भर पर्नुको विकल्प थिएन । उनीहरु प्रार्थना गर्थे । पूजापाठ गर्थे । तर, पानी नपरेपछि उनीहरु आफ्नै प्रार्थनामाथि शंका गर्थे ।

एकदिन त्यस गाउँमा एक साधु आए । त्यो दुःखी गाउँमा आएर ऊ नाच्न थाले । मान्छेहरु उनको नाच हेर्न भेला हुन थाले । मान्छेहरुलाई थाहा थिएन कि त्यहाँ के भइरहेको छ । साधु नाच्दा नाच्दै त्यहाँ पानी पर्न सुरु ग¥यो । पानी पनि यसरी प¥यो कि, जुन त्यसअघि कहिल्यै परेको थिएन । मान्छेहरु खुसीले उफ्रिए । सोही साधुसँग मस्त नाच्न थाले ।

मान्छेहरुमा के धारणा भइदियो भने साधु आएर नाचेपछि नै यो मुसलधारे वर्षा भएको हो । मान्छेले उक्त साधुको गुणगान गाउन थाले । साधुको लागि विशेष कुटीको व्यवस्था गरियो । साधु त्यही कुटीमा बसोबास गर्न थाले । जब जब पानीको जरुरी हुन्थ्यो, तब गाउँलेहरु उक्त साधुलाई नाच्न आग्रह गर्थे । जब साधु नाच्न सुरु गर्थे पानी पर्न पनि सुरु गथ्र्यो ।

यो खबर क्रमस अरुतिर फैलन थाल्यो । गाउँ गाउँ हुँदै शहरसम्म यो खबर पुग्यो । त्यस गाउँमा शहरबाट पढेलेखेका युवाहरु आए । उनीहरुले गाउँलेलाई भने कि साधु नाचेको कारण यसरी पानी परेको हुँदै होइन । कोही पनि व्यक्ति नाच्दैमा पानी पर्दैन । पानी त उचित समयमा आफै पर्छ ।

अतः ति युवाहरुले गाउँलेलाई चुनौती दिए । यदि हामी नाच्यौं भने पानी पर्नेछ । हामी नाच्दा पानी परेन भने उक्त साधु नाच्दा पनि पानी पर्नेवाला छैन ।

बिहानै गाउँलेले ति युवाहरुलाई साधुको कुटीमा लगेर गए र साधुलाई सबै कुरा बताइदिए ।

अब चुनौती स्विकार गर्दै शहरिया युवाहरु नाच्न थाले । आधा घण्टा नाचेपछि पनि पानी परेन । युवाहरु थाकेर बसे । एक एक गर्दै उनीहरु नाचिरहे तर आकासमा बादलको नामोनिसाना देखिएन ।

अब पालो आयो साधु बाबाको । साधु बाबा नाच्न थाले । एक घण्टा वित्यो पानी परेन, दुई घण्टा बित्यो पानी परेन । बाबा नाचिरहे । क्रमस साँझ पर्न थाल्यो साधुले नाच्न छाडेनन् । तब आकासमा बादल देखियो, मेघ गर्जियो । सबैले आकासमा हेर्न थाले । केही समयपछि पानी पर्न थाल्यो ।

सबै युवाहरु दंग भए र क्षमा माग्दै साधु बाबासँग सोधे, ‘यो कसरी संभव भयो ? हामी नाच्दा पानी परेन तर तपाईं नाचेपछि पानी पर्यो ।’

साधु बाबाले भने, तीन वटा कुरा ध्यान राख । पहिला त विश्वास हुन जरुरी छ । दोस्रो कुरा दृढ सोंच । जब म दृढतापूर्वक नाचिरहें पानी प¥यो । तेस्रो कुरा, म त्यसबेलासम्म नाचिरहन्छु, जबसम्म पानी पर्दैन । यसमा मेरो अथक लगाव र  निरन्तरता छ । सारमा भन्नुपर्दा कुनैपनि कुरा तब मात्र संभव वा सार्थक हुन्छ, जब त्यसमा पूर्ण विश्वास गरिन्छ । दृढतापूर्वक लागिन्छ । र, त्यसलाई निरन्तरता दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment