+
+

नीर शाह भन्छन्–‘चलचित्र क्षेत्र उद्योग र राष्ट्रिय दुबै हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १३:५२

 

कलाकार नीर शाहले नेपाली चलचित्र क्षेत्र उद्योग र राष्ट्रिय दुबै हुन नसकेको बताएका छन् । उनले औद्योगिक चरित्र हासिल गर्न नसकेका कारण चलचित्र उद्योगका रुपमा स्थापित हुन नसकेको उनले बताए । उनले देशभरीका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढंगबाट अगाडि बढाउन नसक्दा चलचित्रले राष्ट्रिय स्वरुप हासिल गर्न नसकेको बताए ।

‘जुन भाषालाई मात्र लिएर हामीले दशकौंदेखि चलचित्र बनाउँदै आईरहेका छौं । त्यसकै आधारमा राष्ट्रिय हुने भए भैसकेको हुनुपर्ने नी । किन हुन सकेन ? उनले अगाडि भने, – ‘किनभने ति सम्पूर्ण कुराहरुलाई, ति आफ्ना कुराहरुलाई जान्ने र माया गर्ने हिसावले बुझाउने प्रयत्न नै गरेनौं ।’

उनले देशभरीका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढंगबाट अगाडि बढाउन नसक्दासम्म चलचित्रले राष्ट्रिय स्वरुप हासिल गर्न नसक्ने बताए । कोरोनापछि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन आर्थिक अभाव रहेको उनको भनाई थियो । अहिलेको अवस्थासम्म आइपुग्दा चलचित्र बनाउनका लागि वित्तिय रुपमा सहयोग गर्ने संस्था नेपालमा नहुँदा समस्या भएको शाहले बताए ।

‘हामीले करोडौं ऋण लिएर चलचित्र निर्माणमा होमिएका छौं । त्यो हाम्रो व्यक्तिगत जमानीमा गरिरहेका हौं । चलचित्र व्यवसाय अगाडि बढाउनका लागि भनेर उदार ढंगबाट विक्तिय सहयोग गर्ने संस्थाहरु हामीकहाँ कहिल्यै पनि भएनन्’ उनले भने, –‘यो भैदिएको भए चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि सघाउ पुग्ने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?