News Summary
Generated by OK AI. Editorially reviewed.- नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ को काठमाडौंस्थित जय नेपाल हलमा विशेष प्रिमियर सम्पन्न भएको छ ।
- विजय मल्लको नाटकमा आधारित यो फिल्म शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ ।
- शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई भावनात्मक रूपमा चित्रण गरिएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
काठमाडौं । नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ लाई प्रिमियर गरिएको छ । लामो समयपछि पुनःसंचालनमा आएको जय नेपाल हलमा सोमबार बेलुका फिल्मलाई पहिलो प्रदर्शन गरियो ।
फिल्मले सकारात्मक प्रतिक्रिया पाएपछि निर्देशक शाह खुसी देखिए । सो अवसरमा फिल्मकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व संचारकर्मीलाई फिल्म देखाइएको थियो ।
यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । बालमनोविज्ञानमा आधारित यो फिल्म विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट निर्माण गरिएको हो ।
फिल्मले पारिवारिक सम्बन्ध, शिक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई भावनात्मक रूपमा चित्रण गरेको उनीहरूको भनाइ छ ।

प्रिमियरमा शिक्षकहरूले शिक्षक-विद्यार्थीबीचको आत्मीय सम्बन्ध र अभिभावकको भूमिकालाई फिल्मले मार्मिक ढंगले प्रस्तुत गरेको बताए ।
यो फिल्ममा शाहसँगै रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी लगायतको अभिनय छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानको लागि निर्माण गरिएको फिल्मको कार्यकारी निर्मातामा चैतन्यप्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन् ।
प्रतिक्रिया 4