+
+
Shares

कोही किन बर्बाद होस् : नीर शाहले ल्याए चर्चित नाटकमा आधारित फिल्म ‘कमला मिस’ को ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक नीर शाहद्वारा निर्देशित फिल्म 'कमला मिस' को ट्रेलर सार्वजनिक गरिएको छ ।
  • साहित्यकार विजय मल्लको नाटक 'कोही किन बर्बाद होस्' मा आधारित यो फिल्म २२ साउनदेखि प्रदर्शन हुने भएको छ ।
  • फिल्ममा नीर शाहसहित रमेश बुढाथोकी, बास्ना तिमिल्सिना र अन्य कलाकारहरूले अभिनय गरेका छन् ।

काठमाडौं । नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ । ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पार्छ ।

निर्माताले ट्रेलरले दर्शकमाझ फिल्मलाई लिएर उत्सुकता पैदा गर्ने आशा लिएका छन् ।

साहित्यकार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्मको प्रदर्शन २२ साउन (अगस्ट ७)देखि हुने जनाइएको छ ।

फिल्ममा शाहसँगै रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम् क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडाको अभिनय छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा चैतन्यप्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई छन् । पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन् ।

कथा विजय मल्लको हो भने पटकथा तथा संवादलाई शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?