News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रिन्स’को दोस्रो गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ ।
- शाहको शब्द र शम्भुजीत बास्कोटाको संगीत रहेको उक्त गीतमा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीले स्वर दिएका छन् ।
- फिल्मको कलाकार तथा प्राविधिक टोली छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको निर्माण टिमले जानकारी दिएको छ ।
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘प्रिन्स’को संगीत निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । फिल्मको दोस्रो गीतको रेकर्डिङ सम्पन्न भएको निर्माण टिमले जनाएको छ ।
रेकर्ड गरिएको गीतमा शाहकै शब्द, शम्भुजीत बास्कोटाको संगीत तथा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको स्वर छ । यसअघि फिल्मको पहिलो गीत शिव परियारको स्वरमा रेकर्ड भइसकेको थियो ।
रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘प्रिन्स’को कथा शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् । पटकथा र संवाद पनि शिवम अधिकारीकै छ ।
छायांकन सौरभ लामाले गर्नेछन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा आबद्ध छन् ।
निर्माण पक्षका अनुसार गीत रेकर्डिङको कामसँगै कलाकार तथा अन्य प्राविधिक टोली छनोटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । कलाकार र प्राविधिक टोलीबारे औपचारिक घोषणा छिट्टै गरिने जनाएको छ ।
प्रतिक्रिया 4