
२४ चैत, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहल देखिएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहमा उनले राजनीतिक अगुवाको व्यवहारले राजनीतिप्रति नै वितृष्णा जगाउने बताए ।
‘राजनीतिक अगुवाहरुले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ । हामीले पाएनौ, मैले पाइनँ, पाउनुपर्ने । नेतृत्व पक्तिमा रहेका मान्छेहरुको यही कोलाहल देखिन्छ । यसले एकखाले मान्छेलाई राजनीतिसंग वितृष्णा जगाउँछ’ उनले भने ।
उपप्रधानमन्त्री पोखरेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिदै गएको भन्दै त्यसविरुद्ध खबरदारी गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिई ‘सपना देख्नेहरुलाई सराप्नेहरु पनि रहेको’ भन्दै व्यंग्य गरे ।
उनले भने, ‘आज सपना देख्नेहरुलाई सराप्नेहरु पनि छन् । सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरु पनि छन्’ उनले भने ।
प्रतिक्रिया 4