+
+

एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ बनेका खालिङ को हुन् ?

१६ महिनापछि कार्यकारी भूमिकामा 'कमब्याक'

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते २०:०३

२४ चैत, काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको पहिलो नेपाली सीईओको रुपमा खालिङ सीईओ नियुक्त भएका हुन् । पञ्जाव नेशनल बैंक, भारतको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा यसअघि भारतीय नागरिकहरु नै सीईओ नियुक्त हुने गरेका थिए ।

हाल सीईओ रहेका गजेन्दर कुमार नेगी पनि भारतीय नागरिक नै हुन् । एभरेष्ट बैंक सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरे पनि पदभार ग्रहण गरेका छैनन् । उनलाई आगामी साता बैंकको सीईओको रुपमा पदभार ग्रहण गराउने बैंकको तयारी छ । कहिलेदेखि जिम्मेवारी ग्रहण गर्ने भन्ने विषयमा भने अर्को सातामात्रै जानकारी प्राप्त हुने खालिङले बताए ।

खालिङले एभरेष्ट बैंकको प्रथम नेपाली सीईओ भएर इतिहास मात्रै रचेका छैनन्, सञ्चालकपछि सीईओ हुने कमैमा समेत उनी परेका छन् ।

सामान्यतया बैंकको कर्मचारीको रुपमा लामो समय काम गरेका व्यक्ति सञ्चालक समितिमा जाने गरेका छन् । तर, सञ्चालक समितिबाट खालिङले कार्यकारी नेतृत्व लिने छन् । उनी लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको पदावधि पुरा गरेर बाहिरिएका थिए ।

आफ्नै केही व्यवसाय गर्ने सोच बनाएर लक्ष्मी बैंकबाट बिदा भएका उनलाई सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालक समितिमा चयन गरेको थियो । हाल सिटिजन्सको सञ्चालक रहेकै बेला खालिङ एभरेष्ट बैंकमा नयाँ इतिहास बनाउँदै सीईओ नियुक्त भएका हुन् ।

बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो समय काम गरेको खालिङ लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत हुनु अगाडि उनी स्टान्डर्ड चार्टर्ड बैंकमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?