Comments Add Comment

शारीरिक अपाङ्गता भएकाहरू पनि ‘ग्ल्यामरस’ देखिनुपर्छ

संभवतः म पहिलो नेपाल दृष्टिविहीन मोडल हुँ, जो ¥याम्प शोमा उत्रिएँ । अष्ट्रेलियामा ‘सप्तपरी’ कार्यक्रममा मलाई पनि समावेश गरिएको थियो । र, त्यहीअन्तर्गत ¥याम्पमा हिंडें ।

नाच्नु, गाउनु, ¥याम्पमा हिंड्नु, आकर्षक लुगा छनोट गर्नु अर्थात् जीवनलाई सप्तरंगी बनाउनु । म यसको पक्षधर हुँ । पहिरनप्रति म सजग छु । आफ्नो शरीर सुहाउँदो र आकर्षक लुगा नै रोज्ने गर्छु ।

दृष्टिविहीन, शारीरिक अपाङ्गता भएकाहरूलाई व्यक्तित्व विकासका लागि आफूले जानेको कुरा साझेदार गरिरहेकी हुन्छु ।

हामी पनि राम्रो देखिनुपर्छ । आकर्षक बन्नुपर्छ । किनभने व्यक्तित्व पनि महत्वपूर्ण पाटो हो । यसले हाम्रो आत्मविश्वास बढाउँछ । शरीर जस्तोसुकै होस्– होचो, अग्लो, मोटो, दुब्लो, कालो, गोरो । यसले केही फरक पार्दैन । आफ्नो शारीरिक बनोट अनुसार सही किसिमको पहिरन छनोट गर्ने, सधैं चिटिक्क हुने अभ्यास जरूरी छ ।

कतिपय साथीहरूले सोच्छन्, हाम्रो शरीर सद्दे छैन । शरीर नै सद्दे नभएपछि किन राम्रो देखिनुप¥यो ? जसले आँखा नै देख्दैन भने उसले कसका लागि राम्रो देखिने ?

अरूको लागि होइन, राम्रो हुनु भनेको आफ्नै लागि हो । जब हामी चिरिच्याट्ट हुन्छौं, हामीलाई आनन्द अनुभव हुन्छ । आत्मविश्वास बढ्छ । यसको अर्थ झकिझकाउ, तडकभडक हुनुपर्छ भन्ने होइन । तर, आकर्षक देखिनुपर्छ ।

एकबारको जीवन हो । यसलाई आफैंले सजाउने हो । आफैंले कलात्मक बनाउने हो । आफैंले यसको मूल्य निर्माण गर्ने हो । यसर्थ जीवनका अरू आयामहरू छन्, जसलाई हामीले समेटेर बाँच्नुपर्छ ।

बजारमा नयाँ–नयाँ फेसन आइरहेको हुन्छ । नयाँ–नयाँ ट्रेन्ड चलिरहेको हुन्छ । युट्युबमा, फेसबुकमा वा पसलमा पनि यस्ता पहिरनहरू देख्न सकिन्छ । हामी दृष्टिविहीनहरू यो अवसरबाट वञ्चित भइरहेका हुन्छौं । पसलेहरूको समेत हामीप्रति गलत धारणा हुन्छ ।

एकपटक म भाउजूसँग किनमेल गर्न बजार गएकी थिएँ । हामी एउटा लुगा पसलमा छि¥यौं । त्यहाँ मलाई एउटा लुगा मन प¥यो । दुई वटा लुगा लगेर म ट्रायल रूममा जान खोजें । तब पसले हतारहतार करायो, ‘ए.. त्यसमा एउटा कपडा चाहिं ल्याउनुहोस् त । त्यो तपाईंले ट्राइ नगरे पनि हुन्छ ।’

मैले छक्क परेर सोधें, ‘किन र ?’

‘त्यो चाहिं माथि हल्का ओपन छ । त्यसैले तपाईंले सम्हालेर लगाउन सक्नुहुन्न’ पसलेको जवाफ आयो ।

यसबाट के बुझिन्छ भने, दृष्टिविहीन भएको व्यक्तिले सपक्कै मिलेको लुगा मात्र लगाउनुपर्छ । अलिकति ग्ल्यामरस लुगा लगाउन सक्दैन भन्ने धारणा छ ।

मलाई लाग्छ, ड्रेसअप, फेसन यी सबै भनेको आ–आफ्नो रोजाइ हो । कुनै व्यक्तिलाई रहर छ भने उसले गर्दा हुन्छ । संस्कार नै बिगार्ने गरी पो हुनुभएन त ! तर, उसले आफूलाई मेन्टेन गर्नका लागि र आफूलाई सहज महसूस गर्छ भने उसलाई अपाङ्गताकै कारण देखाएर वञ्चित गरिनु चाहिं हुन्न जस्तो लाग्छ ।

हामी दृष्टिविहीन साथीहरूसँग रंगको कुरा गर्छौं । रुचि र रोजाइका कुरा गर्छौं । किनभने जीवन भनेको सप्तरंगी हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

म नेपाल आउँदैछु

Advertisment