Comments Add Comment

एएफसी कप : पहिलो हाफमा आर्मीलाई २-१ को अग्रता

२५ चैत, काठमाडौं। एएफसी कप २०२१ को प्रिलिमिनारी म्याच अन्तर्गत अहिले त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलंकाको श्रीलंका पुलिस एफसीबीच खेल भइरहेको छ । दशरथ रंगशालमा भएको खेलमा आर्मीले पहिलो हाफमा २-१ को अग्रता बनाएको हो । खेलमा श्रीलंका पुलिसले पहिलो गोल गरेपनि आर्मीले लगातार दुई गोल फर्काएको हो ।

खेलको सुरुआतदेखि नै आर्मीले आक्रमण बनाएको थियो । सुरुआति दश मिनेट आर्मीले दबाबमा राखेको थियो । १०औं मिनेटमा आर्मीका सन्तोष तामाङको प्रहार श्रीलंका पुलिसका गोलकिपर दिनेश मेहेन्द्रानले मुस्किलले बचाए ।

१२औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गोलकिपर बिट भएको अवस्थामा टाइट एगलबाट हानेको प्रहार श्रीलंका पुलिसका डिफेण्डरले गोल लाइनबाट बचाए ।

१२औं मिनेटमै टंक बस्नेतको कर्नरमा भरत खवासको हेडर गोलकिपर दिनेशले बचाए । उनले बल पन्च गर्दै बाहिर फाले। आर्मीले खेलमा पकड कायम गरेपनि पहिलो गोल श्रीलंका पुलिसले गर्‍यो । २८औं मिनेटमा घानाका खेलाडी इभान्स एसान्तेले गोल गर्दै श्रीलंका पुलिसलाई अग्रता दिलाएका थिए ।

३४औं मिनेटमा आर्मीले बराबरी गर्ने मौका गुमायो । नवयुग श्रेष्ठको क्रसमा कप्तान भरतले पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरियो ।

३९औं मिनेटमा आर्मीले अर्को अवसर गुमायो । टंकको क्रसमा कप्तान भरतको फ्रि हेडर पोष्टनजिकै बाट बाहिरियो । यस्तै ४१औं मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए । विपक्षी खेलाडीले क्लियर गर्न नसकेको बलमा सन्तोषले २५ यार्डबाट हाफ भलिमा शानदार गोल गरे ।

त्यसपछि पनि आर्मीले लगातार आक्रमण गर्‍यो । ४३औं मिनेटमा कप्तान भरतको पासमा नवयुग श्रेष्ठले हेडर गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

म नेपाल आउँदैछु

Advertisment