+
+
Shares

मुगु घटनाको विरोधमा माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २५ गते २०:०६

२५ चैत, काठमाडौं । मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विद्यार्थीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

चैत २१ गते शनिबार हराएकी मुगुको सोरु गाउँपालिकाकी ९ वर्षीया बालिकाको शव सोमबार कर्णाली नदीमा फेला परेको थियो ।

बालिकाको बलात्कारपछि हत्या गरी कर्णाली नदीमा फालेको भन्दै विद्यार्थीहरुले माइतीघरमा बुधबार प्रदर्शन गरेको नेविसंघका महामान्त्री दीपक भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

घटनाको सत्यतथ्य छानवीन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग राखेर विद्यार्थीहरुले प्रदर्शन गरेको उनले बताए ।

बलात्कारीलाई फाँसी दे, पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दे लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?