Comments Add Comment

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

२६ चैत, काठमाडौँ । चितवन, खैरहनी नगरपालिका-१ ज्यामिरेचोकस्थित सडकमा ना.८ ख ५८७५ नम्बरको टिपरले ना.५१ प ९६०३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका-१ बस्ने ५५ वर्षीय दिल कुमार थापा मगरको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कास्की पोखरा महानगरपालिका-३० शिशुवा चोकमा ग.१ ज २२५८ नम्बरको ट्याक्सीले ग.१२ प ४७०७ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-३१ भञ्ज्याङ बस्ने ६५ वर्षीय सोमराज सापकोटाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको पश्‍चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्सीले उक्त स्कुटरलाई ठक्कर दिँदा स्कुटर ग.१ त ४३०४ नम्बरको ट्याक्टरमा समेत ठोकिएर दुर्घटना भएको हो ।

ट्याक्सी र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment