+
+
Shares

भूमाफियाले कब्जा गरेका सरकारी जग्गा फिर्ता ल्याइँदैछ : उपप्रधानमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २७ गते १८:५४
फाइल तस्वीर

२७ चैत, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाको कब्जामा पुगेका सबै सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने अभियान चलाएको बताएका छन् ।

काठमाडौंको कालोपुल क्षेत्रमा खोलाले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारको नाममा फिर्ता भएपछि शुक्रबार साइनबोर्ड राख्न पुगेका उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् । देशका विभिन्न ठाउँमा अतिक्रमण भएका जग्गालाई सरकारको नाममा ल्याउने काम भइराखेको पनि उनले बताए ।

धोबी खोलाले धार परिवर्तन गर्दा बचेको कालोपुल क्षेत्रको जग्गालाई भूमाफियाले अवैध गुठी बनाइ स्वामित्व परिवर्तन गरेका थिए । यसरी भूमाफियाले जग्गाको स्वामित्व परिवर्तन गर्दा स्थानीयले विरोध गरेपनि मातहतका कार्यालयले भूमाफियाको पक्षमा निर्णय गर्दा जग्गा माफियाको कब्जामा पुगेको थियो ।

२०७६ फागुन १३ गते सर्वोच्च अदालतले उक्त जग्गा सरकारको नाममा ल्याउने गरी फैसला गरेपछि मालपोत कार्यालयले गत चैत २ गते सरकारको नाममा नामसारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?