+
+

थारुको नयाँ वर्ष ‘सिरुवा’लाई लक्षित गरी म्युजिक भिडियो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २७ गते २२:४७

२७ चैत, काठमाडौँ । आदिवासी थारु समुदायको नयाँ वर्ष  ‘सिरुवा’लाई लक्षित गर्दै  ‘येलै येलै रे सिरुवा’ बोलको नयाँ म्‍युजिक भिडियो सार्वजनिक भएको छ ।

थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीले टीएफसीए नेपाल युट्‍युब च्‍यानलमार्फत ‘सिरुवा’को पूर्वसन्ध्यामा उक्त म्‍युजिक भिडियो सार्वजनिक गरेको हो ।

सुनिल चौधरीको शब्द रचना रहेको उक्त गीतमा सुनिल चौधरी स्वयले पनि गाएका छन् भने उनलाई अनुमा चौधरीले साथ दिएकी छन् । उक्त गीतको म्‍युजिक भिडियोको छायांकन थारु बाहुल्‍य जिल्ला सुनसरीको डकाहा भन्‍ने गाउँमा सुटिङ गरिएको छ ।

थारु संस्कृति झल्किने उक्त म्‍युजिक भिडियोको मूख्‍य भूमिकामा जानकी चौधरी, पर्शुराम चौधरी, एण्डिसा चौधरी,सबिता चौधरी देखिएका छन्। यस्तै उक्त भिडियोको निर्देशन जनक चौधरीले गरेका छ्न् ।

सप्तरी, उदयपुर, मोरङ, सुनसरी लगायत पूर्विया थारु समुदायमा सिरुवा कसरी मनाइन्छ भन्‍नेबारे जानकारी तथा मौलिक संस्कृतिको जगेर्ना गर्नको यो म्‍युजिक भिडियो बनाउनु परेको गीतका रचनाकार/गायक सुनिल चौधरीले बताए ।

उनले भने, ‘आदिवासी थारुहरुको आफ्नै मौलिक संस्कृति र परम्परा छ। हामी नयाँ वर्ष ‘सिरुवा’ आफ्नै तरिकाले मनाउँदै आएका छौँ। तर अहिले लोप हुँदै गएपछि जगेर्नाको लागि भए पनि यो म्‍युजिक भिडियो बनाउन बाँध्‍य भएका हौ।’

उनका अनुसार शिरको अर्थ सुरुवात अर्थात सुरुको पर्व र वा को अर्थ उल्लास भएकाले थारु समुदायले घर-घरमा मिठो परिकार बनाएर हर्षोल्लासका साथ नयाँ दिन प्रारम्भ गर्छन् ।

गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको प्रयोग बढी हुने गरेको र पानीले शीतलता प्रदान भएकाले जसलाई जुरशीतल भन्ने गरेको उनको भनाइ छ ।

यसलाई पर्वकै रुपमा तराईमा बसोवास गर्ने आदिवासी थारु समुदाय लगायत राजबंशी, गनगाई, ताजपुरीया, धिमालको साथ साथै अन्य समुदायले पनि धुमधामसंग मनाउने गरेको पाइन्छ। यो पर्व लाई समय परिवर्तनको संकेतको रुपमा पनि मनाउने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?