+

बेंगलुरुसँग खेल्न त्रिभुवन आर्मी आइतबार भारत जाने

२०७७ चैत  २८ गते १७:२३ २०७७ चैत २८ गते १७:२३
बेंगलुरुसँग खेल्न त्रिभुवन आर्मी आइतबार भारत जाने

२८ चैत काठमाडौं । एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी फुटबल क्लब आइतबार भारत जाने भएको छ ।

नेपाली सेनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी टिम २९ गते भारतको गोवा जाने जनाएको छ । आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ तारिखमा इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरुसँग खेल्नेछ । सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको अनुभव छ ।

आर्मी र बेंगलुरुबीचको खेल गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुनेछ ।

उक्त खेलको विजेताले तेस्रो चरणको खेल बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग खेल्नेछ । आर्मीले दशरथ रंगशालमा अप्रिल ७ मा भएको पहिलो चरणको खेलमा श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५–१ ले पराजित गरेको थियो ।

गत सिजन शहीद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मी एएफसी क्लब लाइसेन्स लिने पहिलो क्लब बनेपछि एएफसी कपको छनोट खेल्ने अवसर पाएको हो ।

प्रारम्भिक छनोटको तेस्रो चरण अर्थात प्लेअफ समेत जितेमा आर्मी एएफसी कपको दक्षिण एसियाली समूहमा प्रवेश गर्नेछ ।

त्रिभुवन आर्मी क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय