+
+

‘बाल अधिकार हनन् हुन नदिन तीनै तहका सरकार गम्भीर हुन आवश्यक’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २८ गते १९:३९

२८ चैत, बुटवल । लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुले बालबालिकाको अधिकारका लागि सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । बालबालिका देशको कर्णधार भएको भन्दै उनले बालबालिकाको हकहितका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताइन् ।

कन्सोर्टियम नेपाल लुम्बिनी प्रदेश समितिले शनिबार बुटवलमा गरेको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उपसभामुख थारुले भनिन्, ‘बालसहभागिता संविधानमा मात्र नभई व्यवहारमा लागू हुनुपर्छ ।’ बालबालिकाको अधिकारका लागि संघ, प्रदेश र स्थानीय सरकार गम्भीर भएर लाग्न सके उनीहरुका हकअधिकार कसैले पनि हनन् गर्न नपाउने उनको भनाइ छ ।

प्रदेशसभाको सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डेले सामाजिक विकास समितिले बालबालिकाको लागि विशेष कार्यक्रम सञ्चालन गर्न योजना बनाएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा सामाजिक विकास समितिका सदस्य तथा प्रदेशसभा सदस्यद्वय कमलादेवी विकले बालबालिकाको अधिकार कागजमा मात्रै सीमित भएको बताइन् । प्रदेशसभाका सदस्य दीपा विकले बालबालिकाहरु अन्यायमा परेको भन्दै तत्काल सम्बन्धित निकायले अधिकारबाट वञ्चित गराउन नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?