+
+
Shares

विराटनगरमा एक पुरुषको हत्या

हरि अधिकारी हरि अधिकारी
२०७७ चैत २९ गते ८:३५

२९ चैत, विराटनगर । विराटनगरमा एकजना पुरुषको हत्या भएको छ । शनिबार राति विराटनगर महानगरपालिका-८ बलुवाइका ५२ वर्षीय विको सहनीको हत्या भएको हो ।

घरायसी झगडामा छोराले नै सहनीको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सहनीको माइला छोरासँग विवाद भएको थियो । माइला छोरो रवि सहनी शनिबारदेखि नै फरार भएका छन् ।

घरायसी झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको हो ।

मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरेको चोट छ । घटनापछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?