Comments Add Comment

एनएसएलका लागि ललितपुरले ल्यायो क्रोएसियाका खेलाडी

२९ चैत काठमाडौं । वैशाखमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)का लागि फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीले क्रोएसियन खेलाडी अनुबन्ध गरेको छ ।

नेपालमा वैशाख ११ देखि २५ गतेसम्म पहिलो पटक फ्रेन्चाइज फुटबल आयोजना हुँदैछ । त्यसका लागि ललितपुरले क्रोएसियन सेन्टर फरवार्ड भिलिम पोनिस्कोभिकलाई टिममा भित्र्याएको हो । उनी आइतबार नेपाल आइपुगेका छन् ।

युरोपियन क्लब फुटबल खेल्ने भिलिम विंगर हुन् । फरवार्ड लाइनलाई अझ बलियो बनाउन ललितपुरले युरोपेली खेलाडीलाई एनएसएलका लागि ल्याएको हो । ललितपुरको मार्की प्लेयरमा अञ्जन विष्ट छन् ।

भिलिमले पछिल्लो समय बोस्निया हर्जगोभिनाको शीर्ष डिभिजनको लिग खेलेका थिए ।

ललितपुरले अक्सनमार्फत मिक्छेन तामाङ, नविन लामा, विनोद गुरुङ, प्रवेश दनुवार, कमल श्रेष्ठ, एरिक विष्ट, विमल राना, रोहित कार्की, सरोज योञ्जन, रन्जन विष्ट, निरज बस्नेत, पल्साङ लामा, गौरव बुढाथोकी र अर्पन कार्कीलाई टिममा अनुबन्ध गरिसकेको छ । टिमको प्रशिक्षकमा प्रदीप हुमागाई छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको एनएसएलमा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

दुई साता चल्ने लिगका खेलहरु दशरथ रंगशालामा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment