+
+
Shares

संसदीय प्रणाली खारेज गर्नुपर्छ, जनमत संग्रहमा जानुपर्छ : धर्मेन्द्र बास्तोला

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १६:१५

२९ चैत, गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले संसदीय प्रणाली खारेजीका लागि जनमत संग्रहमा जानुपर्ने बताएका छन् ।

आइतबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले संसदीय प्रणाली अलोकतान्त्रिक भएको दावी गरे ।

‘संसदीय प्रणाली लागू भएको देशमा अलोकतान्त्रिक व्यवस्था देखिन्छ’ उनले भने, ‘नेपालमा पनि दलहरु यही प्रणालीमा फसिरहेका छन्, यसबाट बाहिर निस्कन हामी सबैलाई आग्रह गर्छाैं ।’

संयुक्त सरकारको कुरा आएमा आफूहरु सरकारमा जान सक्ने भन्दै नेता बास्तोलाले संसदीय प्रणाली रहेसम्म सरकारमा नजाने बताए ।

उनले राजनीतिक सहमति गरेर समुन्नत राजनीतिक प्रणालीमा जानुपर्ने धारणा राखे । यद्यपि त्यस्तो प्रणाली के हो भन्ने व्याख्या गरेनन् । ‘समुन्नत राजनीतिक प्रणालीमा जानुपर्छ, यसमा सहमति भएन भने फैसलाको जिम्मा नेपाली जनतालाई दिनुपर्छ, त्यसका लागि जनमत संग्रह आवश्यक छ’, उनले भने ।

सरकार र आफूहरुको पार्टी बीच भएको तीनबुँदे सहमति कार्यान्वयनको चरणमा अघि बढेको नेता बास्तोलाले बताए । ‘सहमति अनुसार पार्टी माथिको प्रतिबन्ध हटाइएको छ, पक्राउ परेका हाम्रा कार्यकर्ता रिहा गरी मुद्दा खारेज गरेपछि राजनीतिक समस्या समाधानका लागि सरकारसँग संवाद अघि बढाउँछौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?