
चैत २९ काठमाडौं, साहित्यकार रोशन थापा ‘नीरव’को कथासङ्ग्रह ‘कोष्ठकभित्रको हाँसो’ बजारमा आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको लोकार्पण समारोहमा डा. धुव्रचन्द्र गौतम, महेश पौड्याल र अनुपमा रेग्मीले कथासङ्ग्रह विमोचन गरे ।
पुस्तकको समालोचना गर्ने क्रममा अनुपमा रेग्मीले समग्र कथासङ्ग्रहभित्र समकालीन चेतना र उत्तर आधुनिकतावादी कथाहरू भएको बताइन् ।
समालोचक महेश पौड्यालले कथासङ्ग्रहभित्रबाट केही संवाद वाचन गरेका थिए । उनले कथासङ्ग्रह नाटकजस्तो र उपन्यासजस्तो रहेको बताए । यस्तै डा. धुव्रचन्द्र गौतमले रोशन थापा ‘नीरव’ पछिल्लो समयको प्रयोगवादी लेखकमा आफ्नो दर्जा बनाइसकेको बताए ।
सात खण्डमा पाँचका दरले रहेका यस कथासङ्ग्रहभित्र जम्मा ३५ वटा कथा रहेका छन् । ‘शिखा बुक्स’ले बजारमा ल्याएको कथासङ्ग्रहको मूल्य ४७५ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4