Comments Add Comment

प्रशिक्षक टमाटालाई महिला क्रिकेट टिमको जिम्मेवारी

२९ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ ।

आइतबार मूलपानीमा बसेको क्यानको बैठकले यसअघि पुरुष राष्ट्रिय टिमको प्रशिक्षक रहेका टमाटालाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

क्यानले यसै अप्रिल महिनामा महिला राष्ट्रिय क्रिकेट टिम र भारतको उत्तराखण्ड महिला टिमबीच टी–२० र एक दिवसीय मैत्रीपूर्ण प्रतियोगिता सञ्चालनको तयारी गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै महिला र पुरुष क्रिकेट खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट गर्न खेलाडी छनोटका लागि समिति गठन गरेको सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राजुबाबु श्रेष्ठ, सञ्जयराज सिंह र प्रशान्त विक्रम मल्ल रहेको ३ सदस्यीय समितिले सन् २०२१ को सेन्ट्रल कन्ट्र्याक्ट गर्न सन् २०२१ मे १५ सम्म महिला र पुरुष टोलीका १८/१८ जना खेलाडी छनोट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment