Comments Add Comment

विकास र समृद्धि देखाएर जनताको ढाड सेकिएको छ : सांसद महत

३० चैत, काठमाडौं । सांसद गजेन्द्रबहादुर महतले नागरिकलाई विकास र समृद्धिको आश देखाएर उपभोग्य वस्तुमा मूल्यवृद्धि गरिएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले मेलम्ची आएको बेला पारेर पेट्रोल र डिजेलको भाउ बढाइएको पनि आरोप लगाए ।

उनले संसदमा के भने पढ्नुहोस्

मेलम्ची देखाएर पेट्रोल र डिलेजको भाउ बढेको छ,

धरहरालाई देखाएर डण्डी र सिमेन्टको भाउ बढेको छ,

विकास र समृद्धि देखाएर नून, तेल, चामल र दालको मूल्य बढाएर जनताको ढाड सेकिएको छ,

पार्टीभित्रको झगडा देखाएर संसदको ढाडै भाँचिएको छ,

कोरोना देखाएर ऋणले जनता डुबाइसके,

राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारिसके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment