Comments Add Comment

बाइबलमा समेटिएका केही जीवन उपयोगी ज्ञानहरू

बाइबल इसाई धर्मको मूल ग्रन्थ हो । यस धर्मशास्त्रलाई धेरै इसाईहरू परमेश्वर ले दिएको पवित्र शास्त्र मान्छन् । यो ग्रन्थ विश्वमा सबैभन्दा धेरै भाषामा अनुवाद भएको पुस्तक पनि हो ।

यो पुस्तक पहिले हिब्रु, आरमाइक् र ग्रीक भाषामा लेखिएको थियो । इसाई धर्मावलम्बीहरू यही ग्रन्थलाई आफ्नो आदर्श मान्ने गर्छन् । त्यही बाइबलमा समेटिएका केही जीवन उपयोगी उक्तिहरूलाई तल उल्लेख गरिएको छ ।

–यदि कसैको दोषको कारण तपाईंलाई थाहा छ भने तपाईंले त्यसलाई सहनुहोस्, उसको अपराधलाई क्षमा गर्नुहोस्, जसरी भगवानले तपाईंको अपराधलाई क्षमा गर्छन् ।

–जसले अरूलाई प्रेम गर्छ । उसलाई ईश्वरले पनि माया गर्छन् ।

–साथीहरूले तपाईंलाई सधैं माया गर्छन् । तर बन्धुहरू तपाईंको समस्यामा सहयोगका लागि जन्मिएका हुन् । जोसँग कहिलै साथ नछाड्ने बन्धुहरू छन् । उनीहरू स‌ंसारकै धनी व्यक्तिहरू हुन् ।

–यदि परमेश्वर हामीसँग हुनुहुन्छ भने कोही पनि हाम्रोविरूद्ध हुन सक्दैन।

–रातले दु: ख ल्याउँछ, तर बिहानले सधैँ नयाँ मुस्कान ल्याउँदछ

–यदि तपाईं आफूलाई नम्र बनाउन सक्नुहुन्छ भने तपाईं निश्चित रूपमा आफूलाई सफलतातिर बढाउन सक्नुहुन्छ ।

–कठिनाइहरूबाट भाग्न सजिलो छ। जीवनको क्षण परीक्षाको क्षण हो र जो डराउँछन् उनीहरूलाई डरले केही पनि प्राप्त गर्न दिँदैन ।

–जीवन क्रोध र ईर्ष्याले नष्ट हुन्छ ।

–त्यस्ता व्यक्ति धन्य हुन्छन् जसले मानिसहरूका निम्ति करुणा गर्ने गर्छन् । परमेश्वरले पनि त्यस्ता मानिसहरूलाई दया गर्छन् ।

–यदि तपाईं आफ्नो गल्ती स्वीकार्न तयार हुनुहुन्छ भने तपाईंलाई भगवानले पनि क्षमा दिन्छन् ।

–यदि तपाईं विश्वास गर्न सक्नुहुनेछ, तब तपाईं विश्वास मार्फत केही गर्न सक्नुहुन्छ ।

–शान्त रहन र धैर्य रहनु तपाईंको विश्वासको शक्ति हो ।

–विश्वास, आशा र प्रेम स्थायी हुन्छन्, जसमा प्रेम सबैभन्दा ठूलो हुन्छ।

–जसले एक अर्कालाई प्रेम गर्दछन् उनीहरू परमेश्वरको पथमा हिँड्छन् र परमेश्वरलाई प्रेम गर्नेहरूले तिनीहरूलाई प्रेम गर्छन् ।

–यदि तपाईं भगवानमा विश्वास गर्नुहुन्छ भने, तपाईं पक्कै परमेश्वरलाई प्रेम गर्नुहुनेछ र परमेश्वरका सबै आज्ञाहरू पालन गर्नुहुनेछ।

–प्रेम सधैं इमान्दार हुन्छ। जसले सधैं अरूको हितको लागि सोच्छ र अरूको हितमा व्यस्त रहन्छ ।

–तिनीहरू जो परमेश्वरको मार्गमा हिँड्छन् उनीहरू सधैं निडर हुन्छन् । उनीहरूलाई कुनै प्रकारको डर हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment