+
+
Shares

अनलाइन सञ्चारमाध्यम नवीकरण नगरे रोक लगाउने व्यवस्था सर्वोच्चद्वारा बदर

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते २०:०१

३१ चैत, काठमाडौं । सर्वोच्च अदालतले अनलाइन सञ्चार माध्यम हरेक बर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गरिदिएको छ ।

मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने भनी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ (३) मा राखिएको व्यवस्था संविधानसँग बाझिएको भन्दै बदर गरिदिएको हो ।

उक्त निर्देशिकाको दफा ६(३) मा म्यादभित्र नवीकरण नगराउने अनलाइन सञ्चार माध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिने व्यवस्था थियो ।

अधिवक्ता तथा पत्रकार लीलानाथ घिमिरे र विष्णुकुमार गिरी निश्चलले उक्त व्यवस्था नेपालको संविधान २०७२ को धारा १९ को सञ्चारको हक विपरीत भएको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकामा रहेको अनलाइन नवीकरण नगरे सेवा रोक लगाउने व्यवस्था संविधानसँग बाझिएकाले बदर हुने ठहर गरेको हो । सर्वोच्चको आदेशपछि अब अनलाइन सञ्चार माध्यम नवीकरण गर्नुनपर्ने अधिवक्ता घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?