
३१ चैत, काठमाडौं । भारतको गुजरातस्थित सूरत सहरमा भारतीय जनता पार्टी (भाजपा)ले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचारमा उपयोगी मानिएको रेमडिसिभिर औषधि वितरण गरिरहेको छ ।
गुजरातमा यो औषधि अभाव भइरहेको बेला भाजपा गुजरातका अध्यक्ष सीआर पाटिलले आफ्नो पार्टीले पाँच हजार वितरण गर्ने बताएका थिए । यस्तोमा निःशुल्क कोरोना संक्रमणको औषधि वितरण गर्ने भाजपाको घोषणाबारे धेरै प्रश्न खडा भएका छन् ।
सबैभन्दा ठूलो प्रश्न भाजपासँग यति धेरै औषधि कहाँबाट आयो भन्ने नै हो । मानिसहरुले भाजपाले रेमडिसिभिरको कालोबजारी गरिरहेको आरोप लगाएका छन् ।
भाजपाले भने मानिसहरुको सेवाका लागि यो औषधि वितरण गर्न लागिएको र कार्यकर्ताको स्रोतसंसाधनको माध्यमबाट जुटाइएको बताएको छ । आवश्यक परेको खण्डमा आगामी दिनमा थप औषधि वितरण गर्न तयार रहेको बताएको छ ।
भाजपाले औषधि कहाँबाट ल्यायो भन्ने मात्र होइन, औषधि वितरणको अनुमति नलिई औषधि वितरण गरिएको विषयलाई पनि विपक्षीले उठाएका छन् । विपक्षीले यस विषयमा छानबिन हुनुपर्ने माग राखेका छन् ।
गुजरातको उच्च अदालतले पनि यस विषयमा राज्य सरकारसँग जवाफ मागेको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4