Comments Add Comment

क्यामरुनलाई हराउँदै संकटा विराट गोल्डकपको सेमिफाइनलमा

१ वैशाख, विराटनगर । पोखरामा सम्पन्न आहा-रारा गोल्डकपका विजेता संकटा व्याइज स्पोटिङ्ग क्बल विराटनगरमा जारी छैटौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अपि|mकन रुट्स एसोसिएसनलाइ १-० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पंजावले सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २-० गोल र गोरखा ब्वाइज क्लब रुपेन्देहीलाई ट्राइब्रेकरमा ४-२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो ।

फाइनल यात्राको लागि विभागीय टिम सशस्त्र प्रहरी -एपीएफ) काठमाडौं र घरेलु टिम विराटनगर-११ बीच बुधबार प्रतिस्पर्धा हुनेछ ।

विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३-० ले र भारतको युनाइटेड सिकिम फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले चिरप्रतिद्वन्द्वी विभागीय टिमलाई २-० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले ।

विराट गोल्डकपको पूर्वविजेता संकटाले खेलको ६१औं मिनेटमा गणेश हमालले गरेको गोल टिमको जितका लागि निर्णायक बन्यो ।

संकटाका विदेशी खेलाडी ओडी गोल्रीले क्रस साइटदेखि निकालिएको पास गणेशले हेडमार्फत जाली चुमाए ।

पहिलो गोल खाएपछि दबाबमा परेको क्यामरुनले खेल बराबारीमा ल्याउन निकै संघर्ष गर्‍यो । तर सफल हुन सकेन । पोखरामा सम्पन्न भएको आरा रारा गोल्डकपमा हार व्यवहोरेपछि विराट गोल्डकपमा बदला लिने क्यामरुनको रणनीति पनि विफल भयो ।

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा क्यामरुन दोस्रो हाफमा १-० ले पछि पर्‍यो । खेलको पहिलो हाफमा क्यामरुनको लागि निकै संघर्षपूर्ण बन्यो ।

क्यामरुनले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको १३औं मिनेटमा क्यामरुनका खेलाडी बासेकले पेलान्टी एरियादेखि गरेको प्रहार संकटाका गोलकिपर राजुबाबु थापाले उत्कृष्ट बचाउ गरिदिए ।

संकटाका विष्णु सुनवारले खेलको २६औं मिनेटमा डिबक्स भित्रदेखि गरेको प्रहार क्यामरुनको गोलरक्षक डिए स्यालबियोे बाधक बने । ३९ औं मिनेटमा संकटाका ओडे ग्लोरीले गरेको सशक्त प्रहार बाहिरिदा गोल हुन सकेन । खेलको ४५औं मिनेटमा क्यामरुनका खेलाडी बसेकले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो ।

दोस्रोे हाफपछि आक्रमक भएको क्यामरुनले खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ५८औं मिनेटमा क्यामरुनको माफोमाले गरेको कडा प्रहार क्यामरुनको गोलरक्षक राजुबावले बिफल पारिदिए । खेलको ८९औं मिनेटमा क्यामरुनका फ्बराईसले पेलान्टी एरियादेखि गरेको प्रहार बाहिरिदा पाहुना टोली बाहिर बाध्य भयो ।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

१९औं आहा-रारा गोल्डकपको फाइनलमा क्यामरुनलाई ४-२ ले पराजित गर्दै संकटाले सिजनकै पहिलो उपाधि उचालेको थियो ।

जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा जित हासिल भएको बताए । यता क्यामरुकनका प्रशिक्षक सरजेल बोरीसले केही राम्रो खेलाडी पोखरामा छुट्दा हार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment