+
+

कोरोना त्रासका बीच हरिद्वारमा हजारौंले गरे शाही स्नान

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते १०:१९

१ वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भारतको हरिद्वारमा तेस्रो शाही स्नानका लागि हजारौंको संख्यामा भक्तजनहरु भेला भएका छन् ।

बुधबार विहान गंगा नदीमा डुबुल्की मार्न हजारौं भेला भएपछि कोरोना संक्रमण झन् बढ्ने चिन्ता थपिएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

कुम्भ मेलामा विहानैदेखि गंगा स्नानको सिलसिला जारी छ । आम सर्वसाधारणले स्नान गरिसकेपछि सन्तहरुको शाही स्नान हुने छ ।

यसैबीच उत्तराखण्डमा पर्ने हरिद्वारमा कोरोना संक्रमण बढ्ने क्रम जारी छ । हरिद्वारमा मंगलबार ५९४ जना नयाँ संक्रमित फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?