+
+
Shares

दलहरु भन्छन् : प्रदेशसभा अधिवेशन अन्त्य गर्नु राजनीतिक बेइमानी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १३:०४
बाँयाबाट क्रमश: नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका हरिशरण आचार्य ।

२ वैशाख, पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा रहेका दलहरुले हठात प्रदेशसभा अधिवेशन अन्त्य गर्न राजनीतिक बेइमानी भएको बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गरुङ अविश्वासको प्रस्तावबाट धेरै भाग्न नसक्ने भन्दै उनीहरुले विशेष अधिवेशन बोलाउन समावेदन दिने संकेत गरेका छन् ।

नयाँ सरकार गठन गर्न सहमत भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए । तर प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले वैशाख १ को मध्यरातबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल यसलाई राजनीतिक बेइमानी मान्छन् । ‘सरकारलाई अधिवेशन अन्त्य गर्ने अधिकार छ । तर ६ गतेलाई बैठक बोलाइसकेको अस्वस्थामा जसरी प्रदेशसभाको अधिवेशन अन्त्य गरियो, यो राजनीतिक बेइमानी हो’ उनले भने, यो अलोकतान्त्रिक कदमको भर्त्सना गर्छौं ।’

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीले प्रधानमन्त्री केपी ओलीकै नक्कल गरेको बताए । मुख्यमन्त्रीले सार्वजनिक रुपमा अविश्वासको प्रस्ताव फेस गर्छु भनेको स्मरण गर्दै उनले भने, ‘यसरी गर्नु हुन्थेन ।’

जसपा संसदीय दलका नेता हरिशरण आचार्यले पनि यो संसदीय प्रणालीको नैतिक मूल्यमान्यताको उपहास भएको बताए । उनले भने, ‘नैतिक हिसाबले अविश्वासको प्रस्ताव फेस गर्न सक्नुभएन । राजनीतिक रुपमा हारको मानसिकता हो ।’

विशेष अधिवेशन बोलाउन समावेदन दिने कि नियमित अधिवेशन कुर्ने भन्ने विषयमा छलफल गर्न सरकार गठनमा सहमत चार दलको बैठक अहिले बसिरहेको छ । माओवादी केन्द्रका संसदीय दलका नेता चुमानले पनि समावेदन दिनसक्ने बताए ।

संविधानको धारा १८३ (३) मा प्रदेशसभाको एक चौथाइ सदस्यले अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले बैठकको मिति र समय तोक्न सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?