Comments Add Comment

विशिष्ट साधकका नाममा पीएचडी गर्नेलाई एक लाख पुरस्कार

२ वैशाख, काठमाडौँ । नइ प्रकाशनले नेपाली भाषा साहित्यका विशिष्ट साधकका नाममा विद्यावारिधि शोध गर्ने एकजना विशिष्ट शोधार्थीलाई एक लाख रुपैयाँ राशि सहित नइ शोध पुरस्कार दिने भएको छ ।

नइ रजत महोत्सवका अध्यक्ष वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रकवि डा.माधवप्रसाद घिमिरे, वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न डा.वानीरा गिरीका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई नइ शोध पुरस्कार समर्पण गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताए ।

नइ प्रकाशनद्वारा उपाधि, सम्मान र पुरस्कारले विभूषित माथि उल्लेखित पाँचजना साधकमध्ये सम्बन्धित एक जनाको नाउँ जोडेर प्रत्येक वर्ष नइ शोध पुरस्कार समर्पण गर्ने समेत निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment