Comments Add Comment

निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : गोपाल किराँती

२ वैशाख, विराटनगर । नेकपा (माओवादी) अध्यक्ष गोपाल किराँतीले नेपालको निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले परिवर्तन गर्नुपर्ने बताएका हुन् । ‘निर्वाचन प्रणाली दलाल पुँजीवादी छ,’ उनले भने, ‘यसलाई खारेज गरेर समाजवादी निर्वाचन प्रणाली लागू गर्नु पर्छ ।’

निर्वाचन प्रणाली महङ्गो भएको बताउँदै उनले बैदेशिक ऋणले नेपाललाई खोक्रो बनाएको बताए । ऋणले लोभले करप्सन बढाएको बताउँदै उनले आफ्नो पार्टी नेतृत्वमा आए विदेशी ऋण खारेज गरिने बताए ।

‘ हामीले सरकार बनेको खण्डमा सम्पूर्ण वैदेशिक ऋण खारेज गर्ने र एक रुपैँया पनि विदेशी ऋण नलिने संकल्प गर्छौं,’ उनले भने,‘ विकासका लागि स्थानीय तहलाई सशक्त बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment