Comments Add Comment

रिद्धि सिद्धि सिमेन्टले आफ्ना ग्राहकलाई शिलान्यासका लागि पूजा सामग्री उपहार दिने

२ वैशाख, काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकवर्गलाई शिलान्यासका लागि आवश्यक पर्ने ‘शिलान्यास पूजा सामग्री’ सेट उपहार दिने भएको छ ।

नयाँ वर्ष २०७८ को शुभ अवसरमा नयाँ भौतिक निर्माणको सुरुवात गर्न चाहेमा शिलान्यासका लागि आफ्ना ग्राहकवर्गलाई सानो भेट स्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गलाई सिमेन्टको प्रयोग पूर्ववैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धि सिद्धि सिमेन्टले केही महिना अघि “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना ल्याएको थियो ।

सोही योजनालाई निरन्तरता दिँदै नयाँ वर्ष २०७८ को शुभ अवसरमा शिलान्यास गर्न चाहने ग्राहकवर्गलाई कम्पनीले दिने पूजा सामग्री सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने छ ।

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुने र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment