
३ वैशाख, काठमाडौं । बिहेवारीको मौसम सुरुभएसँगै सुनको बजार भाउमा पुनः वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।
शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो ।
शुक्रबारको सुनको भाउ गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ ।
यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर १३ एक हजार तीन सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4