+
+
Shares

एकैदिन ८१ बालबालिकामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १८:०४

३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ८१  बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका हुन् ।

शुक्रबार देशभर एकैदिन ९ सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यका र बाँके जिल्ला कोरोफनाको ‘हट स्पट’ बनेको छ ।

६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यस्तै २ सय ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ।

हाल देशभर ५ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?