Comments Add Comment

आईपीएल : धोनीको दुई सयौं खेलमा चेन्नाई विजयी

४ वैशाख, काठमाडौं । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई सुपर किंग्सले जित हात पारेको छ ।

१४औं संस्करणमा पहिलो जित हात पार्ने क्रममा चेन्नाईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । चेन्नाईका लागि मोइन अलीले सर्वाधिक ४७ रन बनाए । उनले ३१ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।

यस्तै ओपनर फाप डु प्लेसिसले अविजित ३६ रन जोडे । पञ्जावका मोहम्मद शामीले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञजावले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो । पञ्जावका लागि साहरुख खानले सर्वाधिक ४७ रन बनाए । उनले ३६ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । झ्ये रिचर्डसनले १५ रन जोडे ।

पञ्जाबलाई कम स्कोरमा रोक्न चेन्नाईका दीपक चाहरले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ४ विकेट लिए । यस्तै साम करन, मोइन अली र ड्वेने ब्राभोले समान १ विकेट लिए ।

यस सिजन चेन्नाईको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा चेन्नाई दिल्ली क्यापिटल्ससंग पराजित भएको थियो । उता पहिलो खेलमा राजस्थानलाई पराजित गरेको पञ्जाबको भने यो पहिलो हार हो ।

हरेक टोलीले समान दुई खेल खेलिसक्दा रोयल च्यालेन्जर्स बेंगलोर दुवै खेल जित्दै अपराजित रहने एक्लो टिम बनेको छ । यस्तै सनराइजर्स हैदरावाद भने दुवै खेलमा पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment