Comments Add Comment

त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्याण्ड्स दर्शकसहित खेल्दै, यस्तो छ हेड टु हेड

४ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आजदेखि सुरु हुने त्रिकोणात्मक टी-२० सिरिजमा घरेलु टोलीले नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नेदरल्याण्ड्ससँग मलेसियाले पनि सिरिजमा प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १:१५ बजे सुरु हुनेछ । कोभिड-१९ को दोस्रो लहरका बाबजुद पनि क्यानले दर्शकसहित खेल गर्न लागेको छ ।

शुक्रबार भएको ट्रफी सार्वजनिक कार्यक्रममा क्यानका जनरल म्यानेजर रौनक मल्लले सीमित संख्यामा दर्शकलाई प्रवेश दिने बताएका थिए ।

१४ महिनापछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालले टीयू मैदानमा टी-२० अन्तर्राष्ट्रिय सिरिज पहिलो पटक खेल्दै छ । साथै बाओ सेकर बबलमा रहेर सिरिज सञ्चालन हुनेछ ।

यस्तै पारस खड्का बिनै यस पटक नेपालले सिरिज खेल्दैछ । प्रशिक्षणका क्रममा चोट लागेपछि पारस सिरिजबाट बाहिरिएको र उनको स्थानमा सन्दिप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ । यस्तोमा अब नेपालको प्लेइङ सेट कस्तो बन्छ हेर्न बाँकी छ ।

१५ सदस्यीय नेपाली टिममा टी-२० आई खेल्न बाँकी चार खेलाडी छन् । जसमा शाहब आलम र आसिफ शेख पहिलो पटक टिममा परेका हन् । यसअघि लिस्ट खेलिसकेका कुशल भुर्तेल र ओडिआई खेलिसकेका कमल सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय खेल्न बाँकी छ ।

नेपालले पछिल्लो पटक सन् २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा नेदरल्याण्ड्ससंग खेलेको थियो । जसमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

नेदरल्याण्ड्स टी-२० मा नेपालको लागि परिचित प्रतिस्पर्धी समेत हो जोसँग नेपालले ६ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा नेदरल्याण्ड्स ३ खेलमा विजयी हुँदा नेपालले २ खेल जितेको छ । एक खेलमा नतिजा आएन ।

सिरिजको लागि बिहीबार अन्तिम प्रशिक्षण गरेको नेपालका प्रशिक्षक डेभ वाटरमोरले नेदरल्याण्ड्स राम्रो टिम रहेको तर आफ्नो गेम खेल्ने बताएका थिए । उनले भने, ‘नेदरल्याण्ड्सको टिममा केही परिवर्तन छ । तर नो म्याटर कसले नेदरल्याण्ड्सका लागि खेल्दैछ । उनीहरुले अरेन्ज सर्टका लागि ल्ने हुन् र उनीहरु गुड टिम हुन् । युवा खेलाडी छन् । हामीले उनीहरुलाई राम्रो टिमको रुपमा हेरेका छौँ ।’

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नो गेम खेल्नुपर्ने बताए । ‘क्रिकेट हो गेम हो । जहिले पनि हामीले आफ्नो क्रिकेट राम्रो खेल्नुपर्छ भन्नेमा विश्वास गर्नुपर्छ, टी-२० मा लगभग सबै टिम उस्तै जस्तै हुन्छन् । जसले राम्रो अल्ने हो उसेले जित्ने हो । तर पनि हाम्रो टिम अहिले जुन तरिकाले बनेको छ त्यसैले बलियो छ जस्तो लाग्छ,’ बिहीबारको प्रशिक्षणपछि मल्लले भनेका थिए ।

ग्लोबल स्टारको छवी बनाएका सन्दीप लामिछानेले पनि विपक्षीलाई उसको राम्रो खेल खेल्न नदिने बताएका थिए । उनले यस पटक नेपालले राम्रो तयारी गरेको र ब्याटिङ र बलिङ दुवैमा बलियो रहेका बताएका थिए ।

नेपाल भर्सेस नेदरल्याण्ड्स हेड टु हेड

कुल खेल : ८

नेपाल विजयी : २

नेदरल्याण्ड्स विजयी : ५

नो रिजल्ट :१

टी-२० आई खेल : ६ खेल

नेदरल्याण्ड्स विजयी : ३

नेपाल विजयी : २

नो रिजल्ट : १

२०१२ आइसीसी मेन्स वर्ल्डकप क्वालिफायर

नेदरल्याण्ड्स ६ विकेटले विजयी

२०१३ आइसीसी मेन्स वर्ल्डकप क्वालिफायर

नेदरल्याण्ड्स ५ विकेटले विजयी

२०१५ नेपाल इन नेदरल्याण्ड्स टी-२० सिरिज

पहिलो खेलमा नेदरल्याण्ड्स १८ रनले विजयी

दोस्रो खेलमा नेदरल्याण्ड्स १०३ रनले विजयी

तेस्रो खेलमा नेदरल्याण्ड्स १८ रनले विजयी

चौथो खेलमा नेपाल ३ विकेटले विजयी

२०१८ एमसीसी ट्राई नेशन्स सिरिज

नो रिजल्ट

२०१९ ओमान पेन्टागुलर सिरिज

नेपाल ४ विकेटले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment