Comments Add Comment

कुशल र आसिफ चम्किएको दिन (फोटो फिचर)

४ वैशाख, काठमाडौं । कुशल भुर्तेल र आसिफ शेखको शानदार ब्याटिङको मद्दतमा नेपालले तेस्रो पटक नेदरल्याण्ड्सलाई टी–२० अन्तर्राष्ट्रियमा पराजित गर्‍यो ।

नेपाल क्रिकेट संघ क्यान (क्यान)को आयोजनामा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले डच टोलीलाई ९ विकेटले पराजित गरेको हो । नेपालले अहिलेसम्म सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग खेलेको छ । अहिलेसम्म भएका सात टी–२० अन्तर्राष्ट्रियमध्ये दुवैले समान ३/३ खेल जितेका छन् भने एकमा परिणाम आएन ।

कुशल र आसिफको डेब्यूमा शान

लामो समयपछि घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय खेल हेर्न त्रिवि क्रिकेट मैदानमा उल्लेख्य दर्शक उपस्थित थिए । टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका दुई युवा ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले घरेलु दर्शकलाई निराश बनाएनन् ।

दुवैले पहिलो खेलमै शानदार ब्याटिङ गर्दै अर्धशतक बनाए । कुशलले ६२ रन बनाउँदा आसिफले अविजित ५४ रन जोडे । पहिलो विकेटका लागि कीर्तिमानी ११६ रनको साझेदारी गरे ।

उनीहरुले २०१९ मा भएको १३औं सागमा पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध पहिलो विकेटका लागि गरेको १०८ रनको साझेदारीको कीर्तिमान तोडे ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment