+
+
Shares

धनुषामा टिपर र बस ठोक्किँदा १७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ४ गते १९:१९

४ वैशाख, जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ मा बस र टिपर एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०६९० नम्बरको टिपर र विपरित दिशातर्फ आउँदै गरेको को १ ख ६६९१ नम्बरको बस शनिबार दिउँसो एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको लालगढ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?