News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा २१ जेठ बिहान पिकअप गाडी दुर्घटना हुँदा एक महिला र दुई पुरुष गरी तीन जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा परेको उक्त गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन र गाडीको नम्बर खुल्न बाँकी छ ।
२१ जेठ, काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । ‘घटनास्थलमा गएको हाम्रो टोलीले एक महिला र दुई पुरुषको मृत्यु भएको जानकारी दिएको छ, उनीहरुको सनाखत हुन बाँकी छ,’ इन्सपेक्टर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘गाडी नम्बर पनि खुलेको छैन ।’
उनका अनुसार पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ । गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4