Comments Add Comment

१२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

५ वैशाख, काठमाडौं । कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो । एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको बार्सिलोनाले १२ मिनेटभित्र चार गोल गरेको थियो ।

खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै फ्रेन्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता बनायो । ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए । ८६औं मिनेटमा ग्रीजमनले गोल गरेपनि भिएआर रेफ्रीले मान्यता दिएन र बार्सिलोनाले ४-० विजयी भयो ।

बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको हो । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ । २०१९-२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियल सोसिडाडसँग १-० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment