+
+

जलवायु परिवर्तन नियन्त्रणका लागि अमेरिका र चीन सहमत

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १२:५६

५ वैशाख, काठमाडौं । अमेरिका र चीन जलवायु परिवर्तन नियन्त्रणका लागि अन्य मुलुकसँग सहकार्य गरेर अघि बढ्न तयार भएका छन् ।

अमेरिकी जलवायु दूत जोन केरी र चिनियाँ समकक्षी सिई जेन्हुआबीच भएको वार्तामा यस्तो सहमति जुटेको हो । वार्तापछि जारी गरिएको विज्ञप्तिमा जलवायु परिवर्तनको समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्नु जरुरी रहेको उल्लेख छ ।

दुवै मुलुकले यो दशकमा उत्सर्जन नियन्त्रण तथा सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौता अनुसार तापक्रम नियन्त्रणको लक्ष्य हासिल गर्न स्पष्ट कदम चाल्ने विषयमा वार्ता जारी रहने बताएका छन् । पेरिस सम्झौतामा विश्वको वार्षिक तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य छ ।

चीन र अमेरिका विश्वमा सबैभन्दा धेरै कार्बन उत्सर्जन हुने मुलुक हुन् । गत जनवरीमा जो बाइडन राष्ट्रपति बनेसँगै जलवायु दूत केरीको यो भ्रमण चीनमा पहिलो उच्च स्तरीय अमेरिकी भ्रमण हो ।

बाइडनले जलवायु नियन्त्रण आफ्नो सबैभन्दा ठूलो प्राथमिकताको विषय रहेको बताएका छन् । उनले राष्ट्रपति बनेको केही समयमा नै सन् २०१५ मा भएको सम्झौतामा पुनः जोडिने निर्णय गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?