Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १:४० बजे उनको मृत्यु भएको डाक्टर निरज सिंहले जानकारी दिए ।

ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनलाई निमोनिया भईसकेको पत्ता लागेको थियो । नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पनि पोजिटिभ थियो ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार राति साँढे २ बजेसम्म उनको अक्सिजन मेन्टेन थियो । साँढे २ बजेपछि हाईफ्लो अक्सिजन दिँदा पनि अक्सिजन कम भईरहेको थियो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा २१ जना संक्रमित उपचाररत छन् ।

अधिकांशलाई अक्सिजन लगाउनुपरेको अस्पतालको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । ‘ अधिकांशलाई अक्सिजन बाहिरबाट दिनुपरेको छ, ५ जनालाई त हाईफ्लो अक्सिजन नै दिईरहेका छौं ।’ उनले भने ।

दोस्रो लहर शुरु भएपछि पर्सामा यो चौथो मृत्यु हो । पर्साका एक संक्रमितको चितवनमा पनि मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment