+
+
Shares

सुर्खेतमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १८:०४

५ वैशाख, सुर्खेत । सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका-९ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश अस्पताल कोभिड उपचार केन्द्रको आइसोलेसन वार्डमा उपचारको क्रममा आइतबार दिउँसो ती महिलाको मृत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।

डा. पौडेलका अनुसार ज्वरो, खोकी लागेपछि उनलाई वैशाख २ गते उपचारका लागि प्रदेश अस्पताल ल्याइएको थियो । अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तीन गते उनमा कोरोना पोजिटिभ देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?