Comments Add Comment

भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

प्रतीकात्मक तस्वीर

५ वैशाख, काठामाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाको गेरुवा गाउँपालिका–४ की ५२ वर्षीया महिलाको उपचारको क्रममा आइतबार दिउँसो ३ः५५ बजे मृत्यु भएको हो । ओलीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि चैत ३१ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् ।

यसअघि भेरी अस्पतालमै उपचाररत तीन जना कोरोना संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको थियो ।

राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिला र दैलेखको नारायण नगरपालिका–१ की ६८ वर्षीया महिलाको तीन घण्टाको बीचमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ओलीका अनुसार बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment