+
+
Shares

खुलेको ३ महिनापछि फेरि सिनेमा हल बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते ११:४६

नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गर्यो । जसमा, चलचित्र हलहरु समेत परेका छन् ।

गतबर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेको थियो । यसपछि, हलहरु संचालनमा आएका थिए । तर, चलचित्र हेर्न भने दर्शकको उपस्थिती हलमा न्यून थियो ।

तर, हल संचालनमा आएको ३ महिनापछि फेरि बन्द भएका छन् । शहरी क्षेत्रका चलचित्र भवनहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

शहरी क्षेत्रमा कोभिडको जोखिम बढेको भन्दै आज बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय, चलचित्र भवन, रात्रीकालिन व्यवसाय लगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

हल खुलेको ३ महिनासम्म केही नयाँ विदेशी र नेपाली चलचित्र रिलिज भएका थिए । तर, चलचित्र भवनमा दर्शकको उपस्थिती न्यून देखिएको थियो । वैशाख मसान्तसम्म चलचित्र भवनहरु बन्द भएपछि चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुन्छ भन्ने अनुमान लगाउन नसकिने अवस्था सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?