
६ वैशाख, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते गरेर डाक्टर बनेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई सोमबार ब्यूरोले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सप्तरी विष्णुपुरका २८ वर्षीय मोहमद सिद्दिकी, महोत्तरी सरपल्लो-६ का २९ वर्षीय सुभाष प्रसाद शाह, धनुषा सबैलाका-५ का २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङका ३१ वर्षीय दिपेन्द्र गौतम, सप्तरी सकरपुरा-१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीका २७ वर्षीय पल्लवी सिंह र ललितपुरका फराज हुसेन रहेको ब्यूरोकी प्रवक्ता एसपी गंगा पन्तले बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘बंगलादेशको एमबीबीएस अध्ययन गर्नका लागि काउन्सिलबाट योग्यताको प्रमाण पत्र लिएका मो. सिद्दीकी लगायतका विद्यार्थीहरुले पेश गरेको एसएलसीको प्रमाण पत्र नक्कली रहेको देखाएको छ । सबैको एसएलसीको सर्टिफिकेट राष्ट्रिय परीक्षा बोर्डमा जाँच गराउँदा किर्ते गरेको पाइयो ।’
प्रहरीका अनुसार मो.सिद्दीकी, सुभाष प्रसाद शाह, मोहम्मद शाहिद राजा र दिपेन्द्र गौतमले विभिन्न अस्पतालमा समेत काम गरिसकेका छन् ।
यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सर्टिफिकेट बनाएको भन्दै अनुसन्धान थालेको थियो ।
प्रतिक्रिया 4