+
+
Shares

नाभाल्नीलाई केही भए त्यसको परिणाम भोग्नुपर्ने रुसलाई अमेरिकाको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १४:४१

६ वैशाख, काठमाडौं । अमेरिकाले रुसको जेलमा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भए त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले सीएनएनसँगको कुराकानीमा रुसलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले नाभाल्नीको तत्काल रिहाइ हुनुपर्ने मागसमेत गरेका छन् । सुलिभनले नाभाल्नीमाथिको रुसको आक्रमण मानव अधिकार उल्लंघन मात्र नभई रुसी नागरिकले आवाज दबाउने प्रयाससमेत रहेको बताए ।

बेलायत, जर्मनी र युरोपेली संघले पनि नाभाल्नीको उपचारको विषयमा चासो व्यक्त गरेका छन् । नाभाल्नीका डाक्टरले अबको केही दिनमा उचित उपचार नदिइएको अवस्थामा नाभाल्नीको मृत्यु हुन सक्ने बताएका छन् ।

बेलायतको लागि रुसका राजदूतले नाभाल्नीले अहिले विश्वको ध्यान खिच्न खोजेको र उनलाई जेलमा नै मर्न नदिइने बताएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नी गत फेब्रुअरीमा पक्राउ परेका थिए ।

आफ्ना चिकित्सकसँग भेट्न नदिइएको भन्दै मार्च ३१ मा नाभाल्नीले जेलमा नै भोक हडताल सुरु गरेका थिए । नाभाल्नीका डाक्टरले रगत परीक्षणको पछिल्लो रिपोर्टले नाभाल्नीको मिर्गौला खराब भएको र उनलाई कुनै पनि समय हृदयाघात हुन सक्ने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?