
६ वैशाख, काठमाडौं । नेपालका कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा उनले मलेसियाविरुद्ध अर्धशतक बनाएका हुन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा कुशलले सातौं ओभरमै अर्धशतक पूरा गरे ।
उनले २६ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । उनले नेदरल्याड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4