+
+
Shares

सरकारका प्रवक्ता भन्छन् : बिजनेस नभएकाले संसद अधिवेशन अन्त्य गर्‍यौं

'सरकार फेर्न लामै समय दिएको हो, समर्थन नै फिर्ता लिएनन्'

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १८:१०

६ वैशाख, काठमाडौं । सरकारले संसदमा बिजनेस नभएका कारण अधिवेशन अन्त्य गरेको प्रष्टीकरण दिएको छ ।

सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी थिइन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसदमा विजनेस नै नभएको र कोरोना महामारीको जोखिम पनि बढेकाले अधिवेशन अन्त्य गरेको बताए ।

उनले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउँछ भनेर अधिवेशन अन्त्य नगरेको जिकिर गरे । सरकार परिवर्तन गर्ने चाहना राख्ने दलहरुलाई पर्याप्त समय दिए पनि उनीहरुले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको गुरुङले बताए ।

‘छिटो भन्दा छिटो प्रधनमन्त्री बन्ने रहर भएका साथीहरुलाई सरकारले निकै लामो अवसर दिएको हो’ गुरुङले भने । उनीहरुले सरकार परिवर्तनका लागि कुनै पनि गतिविधि नगरेको र सरकारको समर्थन फिर्ता पनि नलिएकाो उनले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?