+
+
Shares

शिल्पाको उजुरीपछि ‘रजतपट र ग्ल्यामर गफ’को प्रशारण अनिश्चितकालका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १८:२०

रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा संचालन गर्दै आएको ‘रजतपट र ग्ल्यामर गफ’ नामक मनोरञ्जनात्मक कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । एपीवान टीभीको बोर्ड बैठकले सुवेदीको विवादस्पद कार्यक्रम ‘रजतपट र ग्ल्यामर गफ’लाई अनिश्चितकालका लागि स्थगित गरेको हो ।

सुवेदीले एपीवानमा संचालन गर्दै आएको ‘रजतपट’ कार्यक्रममा नायिका शिल्पा पोखरेलको बिषयमा एउटा समाचार प्रशारण भएको थियो । सो रिपोर्ट प्रशारण भएसँगै शिल्पाले आफ्नो चरित्र हत्या भएको भन्दै एपीवानमा उजुरी दिएकी थिइन् । शिल्पाको उजुरी परेपछि एपीवान बोर्ड बैठकले शिल्पाको अन्तरवार्ता बाहेक उनीसँग सम्बन्धित अरु कुनै पनि रिपोर्ट प्रशारण नगर्न सुवेदीलाई पत्र काटेको थियो ।

तर, सुवेदीले नै संचालन गर्दै आएको अर्को कार्यक्रम ‘ग्ल्यामर गफ’मा निर्माता छविराज ओझाको अन्तरवार्ता प्रशारण भएको थियो । यसपछि शिल्पाले कार्यक्रम नै बन्द गर्नुपर्ने भन्दै उजुरी दिएकी थिइन् ।

एपीवानको बोर्ड बैठकले छविको अन्तरवार्ता प्रशारण भएपछि शिल्पाको उजुरीको आधारमा सुवेदीले संचालन गर्दै आएको दुबै कार्यक्रम प्रशारण अनिश्चितकालका लागि स्थगित गरेको हो । श्रोतले अनलाइनखबरसँग भन्यो–‘रजतपट भन्दा पनि ग्ल्यामर गफमा छविको अन्तरवार्ता प्रशारण भएपछि कार्यक्रम स्थगित गर्ने निर्णय सहितको पत्र सुवेदीलाई एपीवानको बोर्डले दिएको छ ।’

तर, संचारकर्मी सुवेदीले भने आफूसँग असारसम्म कार्यक्रम प्रशारण गर्ने संझौता भएको भन्दै कार्यक्रम बन्द नहने प्रतिक्रिया दिएका छन् ।

सुवेदीको विवाद को–कोसँग ?
यसअघि पनि सुवेदीले संचालन गर्दै आएको कार्यक्रममा प्रशारण भएका केही बिषयहरुले चलचित्र वृत्त तथा दर्शकमाझ चर्चा पाएका थिए । आफ्नो कार्यक्रममा विवादस्पद रिपोर्ट प्रशारण गर्दै आएका सुवेदीको शिल्पा अघिका विवाद यस्ता छन्ः

१. नायिका पूजा शर्माले आफ्नो शारीरिक वनावटमाथि टिप्पणी गरेको भन्दै सुवेदी विरुद्ध चलचित्र कलाकार संघ, एपीवान बोर्ड लगायतमा उजुरी दिएकी थिइन् । सुवेदीले ‘दाह्रा भएका’ भनेपछि पूजाले उजुरी दिएकी थिइन् । पछि, यो बिषय सहमतीमै टुंगिएको थियो ।

२. सुवेदीकै कार्यक्रममा नायिका स्वस्तिमा खड्का र उनका श्रीमान् निश्चल बस्नेतमाथि पनि टिप्पणी गरिएको थियो । कलाकारको काम नभएपछि ‘बुढो बोक्यो हिड्यो’ भन्दै सुवेदीले टिप्पणी गरेका थिए । स्वस्तिमाले कार्यक्रममा अन्तरवार्ताका लागि बोलाउँदा नपुगेपछि यस्तो टिप्पणी आएको भन्दै सुवेदीसँग कहिल्यै पनि अन्तरवार्ता नदिने बताएकी थिइन् ।

३. सुवेदीले एपीवानअघि प्राइम टीभीमा संचालन गरेको एक कार्यक्रमबाट नै निर्देशक दीपाश्री निरौलाको बिषयमा विवाद भएको थियो । सो विवादले दीपाश्रीको करिअरमा नै ठूलो असर पर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?