+
+

डाक्टरलाई नक्कली सर्टिफिकेट बनाइदिएको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १८:२२

६ वैशाख, काठमाडौं । डाक्टरलाई नक्कली प्रमाण पत्र बनाइदिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागबजारको ज्योतिदिप कन्सल्टेन्सीका अरुण चौधरी छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख सहकुलबहादुर थापाका अनुसार नक्कली प्रमाण पत्रको आधारमा डाक्टर बनेका ७ जनालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा चौधरीको नाम खुलेको थियो। त्यसपछि उनलाई सोमबार पक्राउ गरिएको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पक्राउ परेका दीर्घायू गुरु हस्पिटल, चाबहिलका डाक्टर मोहम्मद शाहिद राजाले चौधरीबाट एसएलसीको प्रमाण पत्र कीर्ते गरेको बताएका थिए । अन्य डाक्टरहरुको कसरी कीर्ते प्रमाण पत्र तयार भयो भन्ने विषयमा अनुसन्धान भइरहेको थापाले बताए ।

प्रहरीका अनुसार मेडिकल काउन्सिलमा बुझाइएको प्रमाण पत्रको आधारमा परीक्षा बोर्डमा प्रतिलिपि माग गर्दा ७ जना चिकित्सकको अंक फरक रहेको पाइएको थियो । त्यसपछि विभिन्न जिल्लाबाट चिकित्सकहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?