+
+

ओटीटीमा ‘रुद्र’बाट अजयको डेब्यू

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १२:१९

भारतमा कोरोना महामारी दोश्रो चरणमा फैलिएसँगै बलिउड चलचित्रको रिलिज र छायांकन प्रभावित भएको छ । चलचित्रहरु कहिलेबाट हलमा लाग्छन् अनुमान लगाउन सकिने अवस्था छैन ।

हलमा चलचित्र प्रदर्शनको अन्यौलता छाइरहेको समयमा बलिउडका स्टार कलाकारहरु पनि ओटीटी प्लेटफर्मतर्फ आकर्षित हुन थालेका छन् ।

नायक अजय देवगण अब ओटीटीमा एक वेव सिरिजको माध्यमबाट डेब्यू गर्ने तयारीमा छन् । उनले अभिनय गर्न लागेको वेव सिरिज ‘रुद्र’को आज घोषणा भएको छ ।

ब्रिटिश शो ‘लूथर’को रिमेकको रुपमा बन्न लागेको ‘रुद्र’लाई बीबीसी इन्डिया, एपलाज इन्टरटेन्मेन्टले निर्माण गर्दैछ । यो वेव सिरिज डिज्नी प्लस हट स्टारबाट रिलिज हुनेछ । ‘रुद्र’ थ्रिलर कथामा निर्माण हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?